शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रियसभा निर्वाचनका लागि आयोग र दलका नेतावीच छलफल हुँदै

काठमाडौं मंसिर २३ , निर्वाचन आयोगले राष्ट्रियसभाका एकतिहाई सदस्यको निर्वाचन तयारी अघि बढाएको छ । संसद् सचिवालयले राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि फागुन २० गतेदेखि सकिन लागेकाले निर्वाचन प्रक्रिया अघि बढाउन पत्राचार गरेलगत्तै आयोगले तयारी अन्र्तगत आयोगले आज प्रमुख दलका नेतासँग परामर्श गर्दैछ ।

आज आयोग र दलका नेतावीचको आयोगले सरकारलाई निर्वाचन मिति प्रस्ताव गर्नेछ । एक तिहाई राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ ७ गतेका लागि प्रस्ताव गर्ने तयारी गरेको थाहा भएको छ ।

राष्ट्रियसभाका ५९ सदस्यमध्ये फागुन २० गतेबाट रिक्त हुने १९ पदमध्ये महिला समूहबाट ७, दलितबाट २, अपांग र अल्पसंख्यकबाट २, खुलातर्फ ७ र मनोनित १ सदस्य रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।