बिहिबार, बैशाख ६, २०८१

म.प.बैठक:राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ९मा

जमालुदिन धुनियाको नेपाली नागरिकताको प्रमाण पत्र रद्ध

काठमाडौं मंसिर २६,  मन्त्रिपरिषद्को गत सोमवार बसेको बैठकको १७ बुँदे निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा सदस्यको पहिलो कार्यकालको दुइ वर्ष पूरा गरेका १९ सदस्यको निर्वाचन आगामी माघ ९ गते गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले २०७६ पुस ४ गते शुक्रबार बेलुका ४ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय सहित सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग र सोका पदाधिकारीको म्याद ६ महिनाका लागि थप गर्ने सवालमा नितिगत निर्णय गरेको जानकारी दिनुभएको  छ ।

 साथै इलाका प्रहरी कार्यालय, मझगवा रूपन्देहीबाट झुटो विवरण पेस गरी नागरिकता प्राप्त गरेका नाप्रनं.३७२०६३र१३३५९ का जमालुदिन धुनियाको नेपाली नागरिकताको प्रमाण पत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाइनुको अलावा जानकारी दिदै सरकारका प्रवक्ता बाँस्कोटाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा अनिल पोखरेललाई नियुक्त गरिएको जानकारी दिदै नेपाल सरकारका नाममा श्रेस्ता कायम रहेको रूपन्देही जिल्ला साबिक हाटी फर्साटिकर गाविस वडा नं.१ ख को कित्ता नं.३१ को क्षेत्रफल ११ कट्ठा ८ धुर जग्गा जिल्ला समन्वय समितिको कार्यालय रूपन्देहीलाई ३० वर्षसम्म निःशुल्क लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय  गरेको

मन्त्रिपरिषद् बैठकका बाँकी निर्णय यस्तो छ :

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।