शुक्रबार, चैत्र १६, २०८०

महासंघले पृथ्वी जयन्ती लक्षित गोष्ठिको आयोजना गर्ने

अभिभाज्य नेपालको निर्माणको ऐतिहासिक यथार्थलाई कसैले भुल्नु नहुँनेमा विश्व हिन्दु महासंघको जोड

काठमाडौं पुस १४, विश्व हिन्दु महासंघ अन्तराष्ट्रियले आगामी पुस २३ गते नेपाल एकिकरणको दूरदर्शिता हाल मुलुकमा आएको चुनौती र हाम्रो भूमिका बिषयक प्रवचन गोष्ठिको आयोजना गर्ने भएको छ । महासंघको नियमित बैठकको निर्णय अनुसार आगामी पुस २७ गते मनाइने आधुनिक नेपालका निर्माता बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको २९८औ जन्म जयन्तीको अवसरलाइ लक्षित गर्दै प्रस्तुत गोष्ठिको आयोजना गर्न लागेको हो ।

त्यस्तै महासंघकी महासवि अस्मिता भण्डारीद्दारा जारी विज्ञप्तिमा तत्कालीन बाइसे चौबिसे राज्यमा विभाजित देशलाई एकीकरण गरि अखण्ड ,स्वाभिमान र अभिभाज्य नेपालको निर्माण गर्नु भएको ऐतिहासिक  यथार्थलाई हामी कसैले पनि भुल्नु नहुँनेमा जोड दिदै  राष्ट्र निर्माताको सम्मानमा पुस २७ गते मनाइने पृथ्वी जयन्तीलाइ राष्ट्रिय पर्वका रुपमा हर्षोल्लासका साथ सम्पूर्ण नेपालीले मनाउन राष्ट्रिय बिदा घोषणा गर्न माग गरिएको छ ।

साथै राष्ट्र निर्माता हुलाक टिकटमा समेत बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहलाइ राष्ट्रिय बिभूतीका रुपमा पहिचान गरि हुलाक टिकटमा उहाँको तस्बिर अंकित गरि प्रकाशित गर्न नेपाल सरकारसंग माग समेत गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।