शनिबार, बैशाख ८, २०८१

महानगर प्रमुख शाक्यको प्रतिवद्धता-साइकलमैत्री सिटी, पैदल यात्रीको सुरक्षासंगै पार्किङ् व्यवस्थापन

काठमाडौं मंसिर २८, काठमाडौं महानगरलाई साइकलमैत्री सहरका रुपमा बिकास गर्न आवश्यक पूर्वाधारको निर्माण तर्फ महानगरले पहलकद्मी लिने भएको छ । २५ औं महानगर दिवसका अवसरमा काठमाडौंलाई साइकल सिटी बनाउने लक्ष्य अनुरुप शनिबार बिहान माइतीघर मण्डलादेखि तीनकुनेसम्मको रुटमा साइकल ¥यालीको शुभारम्भ गर्दै महानगर प्रमुख शाक्यले प्रस्तुत अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै उहाँले ठूला सडक महानगरको क्षेत्राधिकारमा नभएकाले इच्छा र श्रोत भएर पनि कार्य सम्पादन गर्न नसकेकाले यसका लागिे एकीकृत र समन्वयात्मक बिकास खाँचो औल्याउँदै साइकल मार्गसँगै पैदल यात्रीलाई सहजतापूर्वक हिँड्ने बाटो बनाउने, सडक सुरक्षा र पार्किङ् व्यवस्थापनमा एकीकृत कार्यक्रम महानगरको लक्ष्य भएको बताउँनु भएको छ ।

कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ , सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठ र सहरी योजना आयोगको सचिवालय प्रमुख रविनमान श्रेष्ठ लगायतले अभियानका सवालमा अभिव्यक्ति दिनु भएको थियो । pic: cm

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।