बिहिबार, बैशाख १३, २०८१

मप बैठक: चालू आवका लागि उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण

काठमाडौं पुस १०, गत पुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट भएको १३ बुँदे निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन २०७६ स्वीकृत गरिएको जानकारी दिनु भएको छ ।  साथै उहाँले चालू आर्थिक वर्ष वर्ष २०७६र७७का लागि उखुको न्यूनतम् लागत, ढुवानी, मुनाफा र अनुदानसमेत गरी मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गर्न स्वीकृति प्रदान गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा.चन्द्रमणि अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय सहित नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा किशोरविक्रम मल्ल, डा। हरिहर वस्ती, डा। सन्ध्या चापागाइँ, डा.सुप्रभात श्रेष्ठ र डा. प्रनित पोखरेल तथा रजिष्ट्रार पदमा डा.कृष्णप्रसाद अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको जानकारी दिनु भएको छ ।

मन्त्रिपरिषद् बैठकका बाँकी निर्णय यस्तो छ :

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।