शुक्रबार, बैशाख ७, २०८१

भक्तलाल–तुल्सीमाया स्मृति पत्रकारिता पुरस्कार स्थापना

काठमाडौं पुस ३, नेपाल पत्रकार महासङ्घ र मिश्री–विजय फाउण्डेशनबीच ‘भक्तलाल–तुल्सीमाया स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने सहमति भएको छ । पुरस्कार स्थापना गर्नका लागि महासङ्घ अध्यक्ष गोविन्द आचार्य तथा फाउण्डेशनका अध्यक्ष विजयलाल श्रेष्ठले आज सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रु एक लाख ११ हजार १११ राशिको पुरस्कार ‘भक्तलाल स्मृति दिवस’ को अवसर पारेर फागु पूर्णिमाको भोलिपल्ट वितरण गरिने बताईएको छ । त्यस्तै सहमति पत्रमा हस्ताक्षर गर्दै महासङघका अध्यक्ष आचार्यले ‘भक्तलाल–तुल्सीमाया स्मृति पत्रकारिता पुरस्कार’को स्थापनाले नेपालको जहानियाँ राणा शासन अन्त्यका लागि सुब्बा भक्तलाल श्रेष्ठ र उहाँकी जीवनसङ्गिनीले गर्नुभएको योगदानको बारेमा चर्चा हुने बताउँदै स्थापित प्रस्तुत पुरस्कारले पत्रकारलाई हौसला दिने बताउनुभयो ।

विसं १९९७ का चार शहीदमध्ये गङ्गालाल श्रेष्ठका कान्छा भाइ तथा मिश्री–फाउण्डेशनका अध्यक्ष श्रेष्ठले आफ्ना आमाबुबाले गर्नुभएको योगदानको सम्मानमा पत्रकार महासंघको सहकार्यमा स्थापना गर्नु भएको पुरस्कार पत्रकारिता क्षेत्रमार्फत नेपालको राष्ट्रियता, सामाजिक न्याय, समाजसेवा, पर्यावरण संरक्षणलगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु-याउने पत्रकारलाई सम्मान गरी मर्यादित, जिम्मेवार र सेवामुखी पत्रकारिताको विकासमा टेवा पु-याउने विस्वास लिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।