शुक्रबार, बैशाख १४, २०८१

भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ क मा नेपाली कांग्रेसका भँडेल २ हजार भन्दा बढि मतान्तरमा विजयी

काठमाडौ मंसिर १५ , प्रदेशसभा सदस्यको लागि शनिवार भएको उपनिर्वाचन अन्र्तगत भक्तपुरको प्रदेश १ को कमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४ सय ३७ मत ल्याएर विजयी भएका छन ।

निर्वाचनको क्रममा ७० प्रतिशत मत अर्थात ३१,६८२ मत मध्ये काँग्रेस उम्मेदवार भँडेलले १३ हजार ४ सय ३७ मत ल्याएर विजयी हुँदै गर्दा प्रतिस्पर्धी सत्तारुढ नेकपाका देवीप्रसाद ढकालले ११ हजार १ सय ९७ मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका निरज लवजूले पाँच हजार ४ सय ४७ मत प्राप्त गरेका छन् । यस क्षेत्रबाट यसअघि नेकपाका हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए ।

यसैवीच विभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा २२, नेपाली काँग्रेसका ११, राजपा तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।