बिहिबार, बैशाख १३, २०८१

बसको ठक्करबाट पशुपति क्याम्पसकी छात्राको मृत्युसंगै चाबहिल क्षेत्र तनावग्रस्त

आक्रोसित विद्यार्थीले गरे गाडीमा आगजनी

काठमाडौं पुस ७, भक्तपुर काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसले दिएको ठक्करका कारण आज विहान पौने ६ बजे पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययरत सृष्टि पन्तको मृत्यु भएसंगै आक्रोसित विद्यार्थीले गरेको प्रदर्शनबाट सुकेधारा चाबहिल क्षेत्र तनावग्रस्त भएको छ ।

प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पु‍र्‍याए लगतै मृत्यु घोषित गरेको थियोे । त्यसलगत्तै आक्रोसित विद्यार्थीहरुले काठमाडौं भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरमा आगजनी गरेका छन् । आगजनी गरेको र आागजनीबाट बस पूर्णरुपमा क्षति पुगेको बताईएको छ।

विद्यार्थीको प्रदर्शनपछि सो क्षेत्रको सवारी आवागमन प्रभावित भएको  विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।