बिहिबार, बैशाख १३, २०८१

प्रेस सङ्गठन नेपालको प्रथम राष्ट्रिय भेला पुस १२ मा

काठमाडौं पुस ५, तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई २४९ सदस्यीय प्रेस सङ्गठन नेपाल गठन भएको प्रेस सङ्गठन नेपालले प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रम केपी ओली र सत्तारुढदल नेकपाका अध्यक्ष प्रचण्डको सयुक्त आतिथ्यतामा हुने प्रस्तुत भेलामा सचिवालयका नेताहरु, तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रचार विभागका प्रमुखको आतिथ्यतामा सम्पन्न हुने भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला प्रतिष्ठान र एसोसिएटका संयोजक र सहसंयोजक सहभागी हुने बताईएको छ।

प्रस्तुत सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक बस्नेतले गत मङ्सिर १० गते केन्द्रीय कमिटीलाई पूर्णता दिइ प्रदेश र जिल्लास्तरमा एकता गर्न दिएके निर्देशन मुताविक सङ्गठनको प्रदेश र जिल्लास्तरमा पूर्णताको काम सम्पन्न भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।