मङ्लबार, बैशाख ४, २०८१

प्रधानमन्त्री डायलासिसका लागि अस्पतालमा

काठमाडौं मंसिर २४ , प्रधानमन्त्री केपी ओली आज साँझ नियमित डायलासिसका लागि , मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुग्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमति डायलासिस भएका कारण प्रधानमन्त्री डायलासिस सकेर आजै प्रधानमन्त्री निवास फर्कनुहुने बताईएको छ ।

यसअघि प्रधानमन्त्री ओलीको गत मङ्सिर १० गते अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उहाँ उपचारपछि यही मङ्सिर १९ गते अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।