शुक्रबार, चैत्र १६, २०८०

पोखरा प्रिमियर लिगका विजेतालाई रु २७ लाख पुरस्कार

काठमाडौं मंसिर २७ , शनिवारबाट शुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेतालाई रु २७ लाख पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगिताका आयोजक संस्था क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले विहिवार पुरस्कार राशि सार्वजनिक गर्दै प्रस्तुत जानकारी दिएको हो । त्यस्तै प्रस्तुत प्रतियोगिताका उपविजेताले रु १० लाख दिइने भएको छ भने ‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ ३ जनालाइ क्रमस टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिने जानकारी दिएका छन ।

त्यस्तै प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने प्राप्त समाचारमा उल्लेख गदै अघिल्लो संस्करणको पुरस्कार राशिलाई यथावत् राख्दै खेलाडीका लागि अन्य व्यक्तिगत पुरस्कार तथा सुविधामा वृद्धि गरिएको आयोजकले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।