बिहिबार, चैत्र १५, २०८०

दैलेख ठाटीकाँध गाउँपालिका अध्यक्ष शाही दम्पतीको अपहरण

काठमाडौं पुस ६,  दैलेख ठाटीकाँध गाउँपालिका अध्यक्ष अपहरणमा परेका छन् । गाउँपालिका अध्यक्ष धीरबहादुर शाही  शाही दम्पतीलाइ गएराति साढे १२ बजेतिर १५ जनाको समूहले अपहरण गरेको बताईएको छ । सुरक्षा निकाय सम्वद्ध उच्च स्रोतका अनुसार गाउँपालिका शाहीलाइ राज्यद्दारा प्रतिबन्धित भोषित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेका हुन सक्ने सुरक्षा निकायले आशंका गरे परेको यसको औपचारिक पुष्टि भने भइसकेको छैन ।

यद्यपी अपरहणको जानकारी पाएलगत्तै  जिल्ला प्रहरी कार्यालय दैलेखले घटनास्थल तर्फ प्रहरी टोली परिचालित गर्दै अनुसन्धान शुरु गरिसकेको जनाएको छ । यसैबीच अध्यक्षसहित अपहरणमा परेकी उहाँकी श्रीमती इलामल्ल शाही दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने बताहालेकमा भेटिएको जानकारी दिदै आज विहान फेला परेको बताइए पनि अध्यक्ष शाहीको  अवस्था भने अझै अज्ञात रहेको स्थानीय प्रहरीलाइ उदृतगर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।