शनिबार, बैशाख ८, २०८१

जनचाहना अनुरुपको कार्य सम्पादनमा किञ्चित पनि विचलित नहुने महानगर प्रमुख शाक्यको प्रतिवद्धता

  • माइतीघरमण्डलदेखि तीनकुनेसम्म साइकल यात्रा आयोजना गर्ने
  • जीवित देवी कुमारीलाई रु १५ हजार
  • सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा

काठमाडौ मंसिर २७,  काठमाडौँ महानगरपालिकाले २५औ महानगर दिवसको अवसरमा शनिबार बिहान माइतीघरमण्डलदेखि तीनकुनेसम्म साइकल यात्रा आयोजना गर्ने भएको छ ।  विसं २०५२ मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणागरिएसंगै कठमाडौं महानगरले मङ्सिर २८ र २९ गते महानगर दिवस मनाइँदै आएको छ ।

दिवस सम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा महानगर प्रमसख विद्यासुन्दर शाक्यले । महागरले जीवित देवी कुमारीलाई दिदै आएको मासिक भत्ता यसपटक देखि रु १५ हजारको दरले भत्ता दिने त्यस्तै महानगर भित्र यत्र तत्र सर्वत्र रहेका सडकमानवलाइ नियन्त्रण गर्दै सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा सहित मानवसेवा आश्रमको सहकार्यमा अभियान सञ्चालन गर्ने जनाउ दिनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा महागर प्रमुख शाक्यले जनचाहना अनुरुपको कार्य सम्पादनमा महानगर प्रतिवद्ध भएको बताउँदै यसबाट आफुहरु किञ्चित पनि विचलित नहुने बताउँनु भएको छ ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार शनिवार मनाइने महानगर दिवसको कार्यक्रममा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँलाबाजाका २३ समूहका बाजा गुरुलाई नगदसहित सम्मान गरिने छ । महानगरले १० पत्रकारलाई वितरण गर्दै आएको महानगर सुशासन पत्रकारिता पुरस्कार , वद्यालयको आधारभूत तह स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता विजयीलाइ पुरस्कार त्यस्तैगरि  व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान कार्यक्रम समेत आयोजना गरिने भएको छ ।

कर्यक्रममा ‘परम्परागत वाद्यवादन, वाद्यवादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिविधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक सङ्घसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता रहने जानकारी दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।