शुक्रबार, चैत्र १६, २०८०

जनकपुरमा विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइदै

काठमाडौ मंसिर १५,   आज मर्यादा पुरुषोतम भगवान राम र सीताबीच वैवाहिक कार्यक्रम भएको सम्झनामा जनकपुरमा विवाह पञ्चमी पर्व मनाइदै छ । साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । विवाह पञ्चमी अन्तर्गत जनकपुरमा आज मनाइने रामजानकी विवाह महोत्सवमा पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।

विवाह पञ्चमी पर्वका लागि जनकपुर क्षेत्र सहितजनकपुरको प्रसिद्ध जानकी मन्दिर, जनक मन्दिर, गङ्गा सागरसहितको स्थानमा विशेष सरसफाइको गरिएको छ । विवाह पञ्चमी पर्व अन्र्तगत रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न भएको मानिन्छ । त्यस अवसरमा शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

विवाह पञ्चमी मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गर्ने गरिन्छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना सहित पर्वलाइ धुमधामकासाथ मनाउँने तयारी भइरहेको बुझिएको छ । यसक्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार आज सम्पन्न हुने भएको छ ।

यसैवीच विवाह पञ्चमीको उपलक्ष्यमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देशमा विवाह पञ्चमीजस्ता उत्सवले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न मद्दत गरिरहेका बताउनुभएको छ । सन्देसमा उहाँले नेपाल र छिमेकी राष्ट्र भारतका नागरिकबीच नागरिक स्तरमा रहेको सांस्कृतिक सम्बन्धको कडीलाई नवीकृत र प्रगाढ बनाउने अवसर प्रदान गरेको उल्लेख गर्दै आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता सुदृढ बनाउँदै नेपालका जनता र भारतका जनताबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन मद्दत पुगोस् भन्ने कामना समेत गर्नु भएको छ ।आज विवाह गर्न साइत नचाहिने मान्यता रहिआएको छ । यस अवसरमा आज प्रदेश नं २ सरकारले सार्वजनिक बिदा दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।