बिहिबार, बैशाख १३, २०८१

कामपाको सचेतनामूलक अभियान : अव मठ,मन्दिर, चोक, चौराह र सडकमा माग्न नपाइने

काठमाडौ पुस १२, काठमाडौ महानगरपालिकाले सडकमा मागेर गुजारा चलाउने मध्येबाट सडक आश्रित मानिसको पहिचान गर्ने लक्ष्य सहित राजधानीको विभिन्न क्षेत्रमा मागेर बसेको व्यक्तिलाइ भेटेर अव उपरान्त मठमन्दिर चोक ,चौराह र सडक मागेर बस्न नपाइने सन्देश दिन सचेतनामूलक अभियान शुरु गरेको छ ।

कामपाले अभियानको पहिलो दिन आज नेपाल प्रहरी, मानवसेवा आश्रमसहित सरोकारवालाको साथ राजधानीको नयाँ सडकस्थित सङ्कटा मन्दिर, महाङ्काल मन्दिर, भद्रकाली मन्दिरलगायत आसपास क्षेत्रमा माग्न बसेकालाई भेटेर यसरी मागेर नबस्न आग्रह गरेको हो ।

कामपाले गत मङ्सिर २९ गतेदेखि व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान सहित बेसहारा मानव मुक्त शहर बनाउनका लागि सक्रिय रूपमा शुरु गरेको अभियान अन्र्तगत हरेक दिन राति ८ देखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि कामपा, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली परिचालित हुँदै प्रस्तुत अभियान सञ्चालन गर्दै आएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।