बुधबार, बैशाख १२, २०८१

काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्यो

काठमाडौं मंसिर ३० , पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्ने क्रमले निरन्तरता पाउँदै आएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार एकातर्फ उच्च पहाडीसहित हिमाली भूभागमा हिमपातको सम्भावना तिव्रतर रुपमा बढेको छ भने अर्को तर्फ काठमाडौं उपत्यकामा अनपेक्षितरुपमा चिसो बढ्नेक्रम शुरु भएको छ ।

त्यस्तै पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको  जनाउँदै  महाशाखाले आगामी बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।