बुधबार, बैशाख १२, २०८१

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौ मंसिर २६, आज नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठकमा मुलत उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारीलगायतका विषयमा केन्द्रीत हुने बताईएको छ ।

त्यस्तै आजको बैठकले पार्टीको विधानत व्यवस्था अनुरुप केन्द्रीय विभाग गठन लगायत समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्था १३ भ्रातृ संस्थामध्ये नेपाल विद्यार्थी सङ्घ, नेपाल तरूण दल, प्रजातन्त्र सेनानी सङ्घ, किसान सङ्घ, दलित सङ्घ, आदिवासी जनजाति सङ्घ, लोकतान्त्रिक अपाङ्ग सङ्घ, तामाङ सङ्घ, ठाकुर समाज त्यस्तैगरि १८ शुभेच्छुक संस्थामध्ये प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा सङ्घ, नेपाल प्रेस युनियन, वन प्राविधिक सङ्घ, कुमाल सङ्घ तथा नेवाः खलको केन्द्रीय कार्यसमितिको म्याद समाप्त भएको र सो सम्बन्धमा आवश्यक व्यवस्थाका लागि विषयगत छलफल हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।