शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसमा चुलियो नयाँ संकट, केन्द्रीय समितिको निर्णय विरुद्ध असन्तुष्ट पक्षको छुट्टै भेला

विधान उल्लंघन सहित भएको  निर्णय नमान्ने जनाउ

काठमाडौ पुस १२, नेपाली कांग्रेसको शुक्रवारको केन्द्रीय समितिको बैठकबाट पार्टी सभापति शेरवहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनको मिति तय गर्ने कार्य बहुमतीय दम्भबाट गरेको आरोप सहित उक्त निर्णय प्रति असन्तुष्ट जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडल लगायतका असन्तुष्ट पक्षले छुट्टै भेलाको आयोजना गरेको छ ।

बहुमतबाट संस्थापनले कार्यतालिकासहित पार्टीको १४ औं महाधिवेशनको मिति तय गरेपछि त्यसबारे रणनीति बनाउन भन्दै ती असन्तुष्ट पक्षले आज राजधानीमा बैठक सहितको भेला बोलाएको हो ।

कोइराला निवास महाराजगञ्जमा भएको उक्त भेलामा नेता रामचन्द्र पौडेल पार्टी महामन्त्री डा। शशांक कोइराला नेता प्रकाशमान सिंहले लगायतले सभापति देउवाले बहुमतिय प्रक्रियाबाट निर्णय गरेपछि त्यसविरुद्ध उत्रनुको विकल्प नभएको बताउँदै सभापति देउवाको प्रस्तुत कदम पार्टीलाइ थप संकटग्रस्त बनाउँनु परिपञ्च भएको निष्कर्षको पहिचान गरेको छ । साथै नेताहरुले बहुमतका नाममा पार्टीको विधि विधान उल्लंघन गरेर निर्णय आएको भन्दै उक्त निर्णय नमान्ने जनाउ समेत दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।