शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसको १४औै केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौ पुस ११,  काँग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले पार्टीको १४औँकेन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा आयोजना गर्ने नितिगत निर्णण् गरेको छ । पार्टीका सबै तह र तप्काका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्षका लागि थप गर्दै १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।

बैठक पछि जारी विज्ञप्तिमा १४ औ महाधिवेशनको कार्यतालिका विषयमा उल्लेखभएअनुसार २०७७ मंसिर ९ गते गाउँ÷नगर वडा अधिवेशन त्यस्तै मंसिर ११ गते गाउँ÷नगरपालिका अधिवेशन मंसिर १५ गते , प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर १७ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर २५मा जिल्ला अधिवेशन र पुस १५मा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यायोजना तया गरिएको उल्लेख रहेका छ ।

त्यस्तै बैठकले पार्टीको विधानअनुसार हाल विधानमा कायम २८ केन्द्रीय विभागको सङ्ख्यालाई बढाएर ४७ पु-याउने निर्णय गर्दैै प्रस्तुत निर्णयलाई पार्टीको आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गर्ने गराउँने भएको छ। त्यस्तै बैठकले नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि ६ महिना थप गर्ने निर्णयलाई अनुमोदन गर्दै ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण अगामी माघ देखि २०७७ वैशाख मसान्तसम्म गरी सक्ने, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र २०७७ जेठ १ गतेदेखि असार १५ गतेभित्र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि तोकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै आजको बैठकले संविधानको मर्म र भावना विपरीतका विधेयक तत्काल फिर्ता लिन र सीमा समस्या समाधान गर्न, तथ्य र प्रमाणका आधारमा प्राविधिक र उच्च कूटनैतिक तहमा भारतसँग अविलम्ब संवाद अगाडि बढाउन सरकारसँग माग गरेको छ । त्यस्तै अमेरिकी सरकारसँग गरेको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसद्मा यथाशीघ्र पेश गरी अनुमोदन गर्न काँग्रेसको प्रस्ट समर्थन रहने बैठकले निर्णय गरेको छ ।