बिहिबार, बैशाख १३, २०८१

एनएमएसआरएका नौ सदस्यलाइ १५ वर्षे सेवा सम्मान

काठमाडौं पुस ६ , नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ काठमाडौं युनिटले शनिवार ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लाकुरी भञ्ज्याङ्गमा वृहत वनभोज कार्यक्रम सहित संस्था आवद्ध भइ १५ वर्षे सेवा अवधीपुरा गरेका सहकर्मीलाइ सम्मान गरेका छन ।

संघका काठमाडौं युनिट अध्यक्ष संगम खड्काको सभापतित्वमा भएको एक औपचारिक कार्यक्रकावीच नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले क्रमस अनुप पाण्डे ,किशोर प्रधान,प्रकाश घिमिरे ,भावेश कुमार झा,गुणराज पोखरेल,तिर्थराज जोशी,यदु वस्ती ,सन्तोष गौतम र सुनील कुमार लाललाइ सम्मान पत्र सहित सम्मान गर्दै संस्थागत पहिचान सहित कार्यगत एकता आफैमा महत्वपूर्ण भएको बताउँदै हरेक सदस्यलाइ यो मेरो संस्था हो भन्ने भाव सिर्जना गराउँनु र संस्थाको गरिमा र पहिचान अनुरुपको आचार सहिता कायम गराउँन सक्यौ भने संस्था आफैमा मजबुत हुने बताउँनु भएको छ ।

त्यस्तै उहाँले औषधि तथा बिक्रि प्रतिनिधि संघको इतिहास आफैमा गर्विलो भएको जिकिर गर्दै यसको मर्म र लक्ष्यलाइ अक्षुण्ण राख्दै आगामी दिनमा अझ शसक्त  प्रारुपमा अगाडि बढ्न सकोस भन्ने शुभकमना दिनु भयो

संघका केन्द्रीय महासचिव अनुप पाण्डे ,कान्तिपुर हटलाइनका श्रीजन झा लगायतले शुभकामना दिनुभएको कार्यक्रममा काठमाडौंका   अध्यक्ष संगम खड्काले आगामी दिनमा रचनात्मक एवम व्यवसायिक सहकार्य सहित अगाडि बढ्ने प्रतिवद्धता अभिव्यक्त गर्दै निर्वाचन प्रक्रियाबाट स्मार्ट एमआर वर्ष सम्मान वर्ष ०७६का लागि पुरुषतर्फ पर्शुराम मिश्र महिलातर्फ शर्मिला महर्जनलाइ घोषित गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।