बिहिबार, चैत्र १५, २०८०

आसन्न राष्ट्रिय सभाको निर्वाचन तालिका २०७६ सार्वजनिक, माघ ९ गते निर्वाचन हुने

काठमाडौं पुस २ , निर्वाचन आयोगले आज आसन्न राष्ट्रिय सभाको निर्वाचन तालिका २०७६ सार्वजनिक गरेको छ । आगामी माघ ९ गते हुने निर्वाचनका कार्यक्रम हुने व्यवस्था सहितको तालिका सार्वजनिक गरेको हो ।  राष्ट्रिय सभाका एक तिहाई सदस्यको पदावधि हरेक दुई वर्षमा समाप्त हुने संवैधानिक प्रावधान अनुरुप अर्थमन्त्री डा.युवराज खतिवडासहित १९ जना सदस्यको पदावधि २० फागुनमा सकिँदै गर्दा आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो ।

साथै यसरी रिक्त हुने १८ पदका लागि सबै प्रदेशबाट निर्वाचन हुने र एक जना राष्ट्रपतिले मनोनित गर्ने आयोगले जनाएको छ । त्यस्ते राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख छन् । प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको छ ।

आयोगद्दारा प्रकाशित कार्यतालिका अनुसार निर्वाचनका लागि मतदाता नामावली पुष १७ गते प्रकाशत हुने गरिने भएको छ । त्यस्ते दावी विरोधको समय पनि सोही दिनका लागि तय गरिएको छ । १९ गते आयोगले अन्तिम नामावली प्रकाशन पुस २० गते उम्मेदवारी मनोनयन दर्ता र उम्मेदवारको नाम फिर्ताका लागि पुष २४ गतेको तोकको छ भने उम्मेदवारको अन्तिम नामाबलि प्रकाशन र चुनाव चिन्ह वितरण पुष २५ गते हुने सार्वजनिक कार्यतालिकामा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।