शुक्रबार, बैशाख १४, २०८१

आसन्न फागुन १४ गतेको स्ववियु निर्वाचन रोकिए विद्यार्थी चुप लागेर नबस्ने नेता महरको चेतावनी

काठमाडौं पुस १४, त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गर्ने भएको छ । यसअघि थप गरिएको १ वर्षे समय अर्थात २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएसंगै थप गरिएको १वर्षे कार्यकाल समेत आगामी फागुन १३ गते सकिने भएकोले फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको हो । त्यसोत गतवर्ष त्रिविकै बेवास्ताका कारण अन्तिम समयमा आएर निर्वाच्न स्थगित भएको थियो ।

यसैवीच त्रिभुवन विश्व विद्यालयले ६१ आंगिकसहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने तयारी गरेसंगै नेपाली कांग्रेसका भातृसंगठन नेविसंघका निर्वतमान अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनको तयारीमा जुट्न विधार्थी नेताहरुलाइ आग्रह गरेका छन्।

फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचन कुनै पनि हालतमा रोकिन नहुनेमा जोड दिदै नेता महरले ‘फागुन १४ गतेका लागि घोषणा भएको स्ववियु निर्वाचन कुनै पनि हालतमा रोकिनु नहुँनेमा जोड दिनु भएको हो । साथै उहाँले विभिन्न बहानामा स्ववियु निर्वाचन रोकिँदा यसले समग्र विद्यार्थी आन्दोलनलाई कमजोर बनाएको जिकिर सहित अव पनि यो वा त्यो वहानामा स्ववियु निर्वाचन रोकिए विद्यार्थी चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।