शुक्रबार, चैत्र १६, २०८०

आज धान्य, उधौली,र योमरी पूर्णिमासंगै ज्यापु दिवस मनाउँदै

काठमाडौ मंसिर २६,   आज मार्गशुक्ल पूर्णिमा अर्थात आज मुलुकभर धान्यपूर्णिमा चाड मनाइँदै छ। नयाँ भित्र्याएको धान पूर्णिमामा गणेश, कुलदेवता, लगायत देवतालाइ चढाृउँदै धानको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, पुरी मालपुवा बनाएर चढाउने परम्परा रहिआएको छ ।

त्यसैगरी पहाडी भेकमा भने यसै दिनदेखि जाडो सुरु हुने विश्वास सहित गाईबस्तुको गोठ बेंसीमा झार्ने गर्दछन् र त्यहींका देवताको पूजा गरी मनाउँछन्। त्यसैले यस पर्वलाई उधौंली पनि भन्ने गरिन्छ। यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवी लगायत स्थानमा मेलासमेत लाग्ने गर्दछ ।

त्यस्तै आजकै दिन किरात समुदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण सहित आज भूमिपूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै उधौलीपर्व मनाउने गर्दछ ।

नेवार समुदायले भने आजको दिनलाइ योमरी पुन्ही र ज्यापु समूदायले ज्यापु दिवसको रूपमा मनाउँदै छन्। आजको दिन बिहान सबेरै उठेर तिल र चाकु प्रयोग गरी चामलको पीठोको योमरी पकाएर खाने गरिन्छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । त्यस्तै ज्यापु दिवसको अवसरमा आज राजधानीमा ज्यापु समूदायले विभिन्न झाँकीसहित आफ्नो कला संस्कृतिको प्रदर्शन गर्ने कार्यक्रम राखेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।