बिहिबार, बैशाख ६, २०८१

आज गुरुङ समुदायले तमुल्होसार पर्व मनाउँदै

काठमाडौ पुस १५ , प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँदैछन । सम्वद्ध समुदायका अनुसार ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । सम्वद्ध समुदायका अनुसार तमुल्होसार अन्र्तगत मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमुल्होसार मूलआयोजक समितिले जनाएको छ ।
त्यसैगरि ल्होछारका सम्बन्धमा प्राप्त जानकारी अनुसार ल्होछार कहिलेबाट सुरु भयो भन्नेबारे कुनै पनि प्रामाणिक स्रोत नभएको भए पनि मुख्य गरिकन कालीगण्डकी र बुढीगण्डकीको बीचमा बसोबास गर्ने तमु समुदायको सँस्कृतिका रुपमा गुरुङहरुले अनादि कालदेखि यस परम्परा सुरुवात गरेको विश्वास सहित ल्होछारलाई प्राकृतिक नियमसँग सम्बन्धित अर्थाथ सौर्यमन्डलको गतिअनुरुप मनाईने एक महत्वपूर्ण पर्वका रुपमा मनाउँने गरेको र आजबाट अर्थात पौष १५ गतेबाट पृथ्वी दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा फर्कने भएकाले त्यही दिनदेखि गुरुङहरुको नयाँ वर्ष प्रारम्भ बताइन्छ ।

तमुल्होसारको अवसरमा आज राजधानीमा विभिन्न मौलिक पोशाक सहित औपचारिक कार्यक्रमको आयोजना गरिएको र कार्यक्रमलाइ राजैनैतिक दलका नेता तथा समुदायका उच्चपदस्थ व्यक्तित्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।  साथै यस पर्वको अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकामा गत वर्षदेखि कटौती गरिएकामा गुरुङ समुदायको असन्तुष्टि छ । केही स्थानीय तहले भने यस पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30