बिहिबार, बैशाख १३, २०८१

आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस:अधिकारको व्यवाहारिक कार्यान्वनमा विज्ञहरुको जोड

  साझा अधिकार प्रत्याभूति गर्न सबैलाई  ऊर्जा र प्रेरणा मिलोस : राष्ट्रपति

काठमाडौ मंसिर २४, प्रत्येक वर्ष डिसेम्बर १० विश्वभर मानवअधिकार दिवस मनाउने प्रचलन अनुरुप नेपालमा पनि विविध कार्यक्रम सहित मानवअधिकार दिवस मनाइदैछ । सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार विश्वव्यापी घोषणापत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप हरेक डिसेम्बर १० का दिन यो दिवस मनाउँने सवालमा गरेको नितिगत निर्णय अनुरुप यो दिवस मनाइदै आएको हो ।

मानव अधिकार दिपवस मनाइरहदा संयुक्त राष्ट्रसंघको साधारण सभाले प्रस्ताव नं। २१७ क ३ बाट अनुमोदन गरि जारी ३० धाराहरू मार्मिकता आफैमा महत्पूर्ण रहेपनि त्यसको कार्यान्वयन पक्षमा देखिएको उदासिनताका कारण न्याय वा मानवअधिकारको अवस्थामा भने अझै सुधार आउन नसक्नुको अलावा दण्डहिनताले प्रशय पाउँदै आएको अवस्था विद्यमान रहेको छ ।

नेपालको प्रसंगमा भन्ने हो भने पछिल्लो समय बढ्दै गएको कुनैपनि किसिमको हत्या, हिंसा र अनेकन द्वन्द्वका समस्याबाट जेलिएका पीडितको अवस्था अर्थात उनिरुले न्याय पाउँन नसकेको अवस्थालाइ उदाहरण मान्न सकिने विज्ञहरुले बताएका छन । तथापी अधिकार
कार्यान्वयन र वास्तविक न्याय वा मानवअधिकारको अवस्थामा भने अझै सुधार आउन सकेको उनिहरुले बताउँदै यसको लागि व्यवाहारिक कार्यान्वयन हुनुपर्ने बताएका छन ।  यहाँसम्मकी निर्मला पन्तसहित बलात्कार पीडितले न्याय नपाउनु पनि एक ज्वलन्त प्रमाण मान्न सकिन्छ । त्यस्तै सरकार तत्कालीन माओवादी विद्रोहीवीचको द्वन्द्वबाट पीडितले पीडकले सजाय दिलाउँन सकेको  अवस्था छैन । यसका लागि द्वन्द्वपीडित भने न्यायका लागि आजको मितिसम्म पनि भौँतारिरहेका छन् ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले आज मनाइदै गरेको ७१ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । त्यस्तै राष्ट्रपतिको शुभकामना सन्देशमा मानव अधिकारको मर्म र भावनालाई आत्मसात् गर्दै मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।