बिहिबार, बैशाख १३, २०८१

आजको काँग्रेस बैठक पनि स्थगन,नेताद्दयवीच सहमतिको प्रयास जारी, अर्को बैठक पुस १० मा

काठमाडौ पुस ४ , नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक   पुस ९ गतेसम्मका लागि स्थगन गरिएको छ । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृसंस्था, अन्य सांगठनिक विषयमा आन्तरिक सहमति गरी अर्को बैठक पुस १० गते बस्ने गरि बैठक स्थगन गरिएको काँग्रेस मुख्यालयले जनाएको  छ ।

प्राप्त जानकारी अनुसार १४औं महाधिवेशनको कार्यतालिकाको विषयनै प्रमसख एजेन्दा बन्दै प्रभावित हुँदै आएको काँग्रेस बैठकललाइ गति दिन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि संवाद जारी रहेको  र एकाध दिनमै नेताद्दयवीच सहमति कायम हुने बताईएको छ ।

गत मंसिर २६ गते शुरु भएको बैठकमा विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पुर्‍याउने, उपनिर्वाचनको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप भएको निर्णय अनुमोदनलगायत प्रस्ताव प्रस्तुत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।