शनिबार, बैशाख ८, २०८१

अपहरित गाउँपालिकाका अध्यक्ष शाही अपहरणमुक्त

काठमाडौं पुस ७, सरकारद्दारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरणमुक्त गराएको छ ।

शनिवार राती अपहरणमा परेका गाउँपालिकाका अध्यक्ष शाही दम्पति मध्ये श्रीमतीईला शाहीलाइ आइतवार विहान रिहा गरेपनि अध्यक्ष शाहीलाइ गुमनाम स्थानमा बन्धक बनाईएको थियो । तर प्रहरीको चौतर्फी खोजपछि कालीकोटको शुभकालिका गाउँपालिकाको छाती गाउँबाट अपहरणमुक्त गर्न सफल भएको बताईएको छ ।

चन्द नेतृत्वको नेकपाले अपरण पछि बन्धक बनाइराखेको घरलाइ घेराबन्दी गर्दै हवाई फायर शुरुगरेसंगै अपहरणकारी फरार भएको र अध्यक्ष शाहीलाइ सकुशल बन्धक मुक्त बनाईएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।