बिहिबार, असार २३, २०७९

वर्ष २०१९ नेपाली पत्रकारिता क्षेत्रका लागि त्यति सुखद् नरहेकोे महासङ्घको जनाउ

काठमाडौ पुस १५,  नेपाल पत्रकार महासङ्घले सन् २०१९ नेपाली पत्रकारिता क्षेत्रका लागि त्यति सुखद् नरहेकोे जनाएको छ । महासङ्घको सञ्चार अनुगमन इकाइमा तयार पारेको प्रतिवेदनमा प्रेस स्वतन्त्रता हनन्का घटना सन २०१८को अनुपातमा सन् २०१९ मा कमि भएपनि वर्ष २०१९मा प्रेस स्वतन्त्रता उपभोगको दृष्टिले सुखद् नरहेको उल्लेख गरिएको छ ।

त्यस्तै सार्वजनिक प्रतिवेदनमा वर्ष ०१९मा पत्रकारले निर्वाध र स्वतन्त्ररूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने वातावरण नबनेको र यहि वर्ष समाचारको स्रोतसँग सम्पर्क रहेको आधारमा पत्रकारलाई पक्राउ गरी मुद्दा चलाउनुले प्रवृत्ति बढेको अवस्थालाइ दृष्टिगत गर्ने हो भने सरकार प्रेसप्रति अनुुदार भएको उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिवेदनमा ५० वटा घटनामा ७६ जना पुरुष पत्रकार, पाँचजना महिला पत्रकार र एक सञ्चार संस्था पीडित भएका उल्लेख गरिएको छ । यस अवधिमा मकवानपुरका पत्रकार मनोहर ढकाललको हत्या भएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो । महासङ्घले तयार पारेको अभिलेखअनुसार पत्रकार आक्रमणका १५ वटा घटनामा १७ जना पत्रकार तथा एक सञ्चारसंस्था पीडित भएका छन् भने ११ जना पत्रकारमाथि दुव्र्यवहार भएको जनाइएको छ ।

“यसवर्ष १० वटा धम्कीका घटना भए भने सातजना पत्रकारलाई पक्राउ गरी मुद्दा चलाइएको थियो”, महासङ्घले सार्वजनिक गरेको अभिलेखमा भनिएको छ, “अल्पकालीन पत्रकार पक्राउका तीन वटा घटना भएकामा १९ जना पत्रकार पीडित भए भने पत्रकारको पेशागत असुरक्षाको एक, पेशाबाट विस्थापन एक र समाचार सङ्कलनमा अवरोधको एक घटना भएको छ ।

यसबीचमा राज्यका तीनै तहको सरकारबाट कानून बनाउने काम भएसँगै प्रेस स्वतन्त्रतालई सङ्कुचन पर्ने कानून बनेको उल्लेख गरिएको छ । कतिपय प्रदेश सरकारले बनाएका मिडिया सम्बन्धी कानून प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्नेगरी बनेका कारण महासङ्घले दिएको सुझाएपश्चात संशोधनका क्रममा रहेको भन्दै महासङ्घले राज्यका तीनै तहबाट बन्ने कानून मिडियामैत्री बनाउन मागसमेत गरेको छ । महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने यस्ता सबैखाले घटनाको भत्र्सना गर्दै घटनामा संलग्नमाथि कानूनी कारवाही गरी पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30