शनिबार, बैशाख ८, २०८१

सागको उद्घाटनका दिन विजोर र समापनका दिन जोर “न” का सवारीमा साधनमात्र चल्ने

१३ औँ दक्षिण एशियाली खेलकूद (साग) को टिकट अनलाइनबाट

काठमाडौं मंसिर १२,  दक्षिण एसियाली खेलकुद सागको सम्पुर्ण तयारी पूरा भएको छ । सागका लागि सुरक्षा व्यवस्थ चुस्त बनाउन सबै तयारी पूरा भएको यस क्रममा ट्राफिक व्यवस्थापनको समेत पुरा भएको नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए ।

साथै उहाँले सागको उद्घाटन र समापनका बेला ट्राफिक व्यवस्था कम गर्न जोरबिजोर प्रणाली लागू गरिने जानकारी दिदै महानिरीक्षक खनालले उद्घाटनका दिन अर्थात १५ गते बिजोडी र २४ गते जोडी नम्बर चलाउनुपर्ने जानकारी दिएका छन ।

साथै उद्घाटन र समापनका बेला रंगशालामा हेर्न आउने सर्वसाधारणका लागि पार्कीङको व्यवस्था टुडिखेलमा गरिएको जानकारी दिएका छन ।

त्यस्तै १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को टिकट अनलाइनबाट सहजै उपलब्ध गराृँने लक्ष्य अनुरुप अनलाइनबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ ।

दर्शकले sag.esewa.com.np मा गई आफूले हेर्न चाहेको खेलको टिकट खरीद गर्न सक्नेछ जानकारी दिएको छ ।

साथै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १९ हजार सुरक्षाकर्मीले सुरक्षा व्यवस्था मिलाउने समेत जानकारी दिनु भएको छ । सुरक्षाकर्मी परिचालन गरिने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।