शुक्रबार, बैशाख ७, २०८१

अर्घाखाँचीको सन्धिखर्क बस दुर्घटनामा ज्यान गुमाउँनेको सख्या १६ पुग्यो , उद्धार कार्य जारी

काठमाडौं मंसिर ११,  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउँनेको सख्या १६ पुगेको छ । घटनामा परि ज्यान गुमाउँनेहरुको सनाखत हुन बाँकी रहेको छ

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना हुँदा बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् ।

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ । त्यस्तै घटनामा परि घाइते भएका सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031