बिहिबार, बैशाख १३, २०८१

पूर्वप्रमुख सूचना आयुक्त कसजूको निधन, महासंघद्दारा दु:ख व्यक्त

काठमाडौ मंसिर १०, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त विनयकुमार कसजूको आज निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका कसजूको आज दिउँसो ६९ वर्षका उमेरमा निधन भएको छ । पूर्व आयुक्त कुसजु मुटु र श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारका लागि कात्तिक १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।

यसैवीच वरिष्ठ पत्रकार एंव राष्ट्रिय सूचना आयोगका संस्थापक प्रमुख आयुक्त विनय कसजुको निधन प्रति नेपाल पत्रकार महासंघले पत्रकारिता, सूचनाको हकको अभियन्ता र प्रसिद्ध बालसाहित्यकार कसजुको निधनले मुलुकले पत्रकारिता क्षेत्रको एक धरोहर, सूचनाको हकको अभियन्ता र नेपाली वाङ्मयका एक मुर्धन्य सष्ट्रालाई गुमाउँनु परेको यस दुखद क्षणमा दुख व्यक्त गरेको छ ।

त्यस्तै उहाँका निधनले नेपाली पत्रकारिता र प्राज्ञिक क्षेत्रलाई अपुरणिय क्षति पुगेको जनाउँदै महासंघले स्व। कसजु प्रति हार्दिक श्रष्द्धाञ्जली प्रकट गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।