शुक्रबार, चैत्र १६, २०८०

डा जोशीलाइ ठक्कर दिइ ज्यान मार्ने चालकविरुद्ध मुद्दा

काठमााडैं मंसिर १०,  काठमाडौको बानेश्वरमा आइतबार बिहान पैदलयात्राका क्रममा रहेका डा प्रभु जोशीलाइ ठक्कर दिइ ज्यान मारेको आरोप पक्राउ परेका बा३ ख ६१४ नम्बरको बसका चालक बुद्धकुमार कोँजु विरुद्ध सवारी ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

महानगरीय प्रहरी परिसरले कोँजुविरुद्ध सवारी ज्यानसम्बन्धी मुद्दामा काठमाडौ जिल्ला अदालतबाट आज म्याद थप अनुसन्धान थालिएको जनाएको छ । डा

जोशीको परिवारले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै महानगरीय प्रहरी वृत्तमा जाहेरी दिएसंगै  ठक्कर दिइ गाडीसहित फरार भएका निजलाइ प्रहरीले सीसी टीभी फुटेजका आधारमा गाडीको पहिचान गरि रामेछापबाट पक्राउ गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।