बिहिबार, बैशाख १३, २०८१

मप बैठक: बुधवार मौजुदा मन्त्रीपरिषदमा हेरफेर हुने प्रम ओलीको जनाउ

पार्टीको सचिवालय बैठक पनि बुधवार नै

काठमाडौं मंसिर ३,  प्रधानमन्त्री केपी ओलीले मंगलवार साँझ आकस्मिक मन्त्रिपरिषद बैठक डाक्दै आफु नेतृत्व सरकारको २१ महिने कार्यकालको समिक्ष संगै केहि नितिगत निर्ण समेत गरेको थाहा छ ।

त्यस्तै आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रम ओलीले गम्भीर मुद्रामा बुधवार मौजुदा मन्त्रिपरिषदमा हेरफेर हुने जानकारी दिदै मन्त्रीपरिषदबाट को कसको बर्हिगमन हुने हो त्यो भने नखुलाईएको बुझिएको  छ । यो समाचार तयार पार्दा समम्पनि मप बैठक जारी रहेको बुझिएको छ ।

यसैवीच सत्तारूढ दल नेकपाले बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे सचिवालयको बैठक वोलाएको छ। बैठकमा मुलत मन्त्रीपरिषदका सदस्यहरुको हेरफेर तथा पार्टी एकताको बाँकी कामलाइ पूर्णता दिइने तयारी रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।