बिहिबार, बैशाख ६, २०८१

२३ कम्पनीको अडिट मध्ये २ भारतीय कम्पनीको आयुर्वेदिक औषधि WHO GMP को मापदण्ड विपरित

 युक्रेन ,जोर्डन र फिलिपिन्सका कम्पनीद्दारा उत्पादित  औषधि  नेपालमा भित्रिने

काठमाडौं मंसिर १ ,औषधि व्यवस्था विभागले औषधिको उत्पादन गर्ने २३ विदेशी कम्पनीको जिएमपी अडिटको रिपोर्ट आज सार्वजनिक गरेको छ ।  विभागले बंगलादेशका ३ वटा , १४ वटा भारतीय कम्पनी , ३ वटा भेटनामका कम्पनी संगै युक्रेन ,जोर्डन र फिलिपिन्सका ३ वटा कम्पनीको अडिटको क्रममा मिति २०७६ कार्तिक २८को निर्णय अनुसार आफ्नै वेवसाइत मार्फत सार्वजनिक गरिएको विभागका निमित्त महानिर्देशकको जिम्मेवारी रहेका पानवहादुर क्षेत्रीले जानकारी दिनु भएको छ ।

सार्वजनिक रिपोर्टमा अडिट गरिएको २३ कम्पनी मध्ये डब्लुएचओ जिएमपी कमप्लाइ नभएको जनाउ सहित भारतको नागपुरस्थित   Unijules Life Sciences Ltd.  द्दारा उत्पादन हुने आयुर्वेदिक औषधि त्यस्तै गरि भारतीय कम्पनी  Shree Baidyanath Alurved Bhawan Pvt. Ltd.  बाट उत्पादन हुँने आयुर्वेदिक औषधिको अडिट फेल भएको जनाईएको छ ।

प्रस्तुत अडिट रिपोर्ट सार्वजनिकभएसंगै अव बाँकी २३ कम्पनी क्रमस बंगलादेशका ३ वटा , १२ वटा भारतीय कम्पनी , ३ वटा भेटनामका कम्पनी संगै युक्रेन ,जोर्डन र फिलिपिन्सका ३ वटा कम्पनीको उत्पादन नेपालमा भित्रिने भएको छ । यसरी भित्रिने औषधिमा युक्रेन लगायतका कम्पनीको तर्फबाट नेपाल आयात गर्न लागिएको औषधि गम्भीर प्रकतिको विरामी प्रयोग हुने र यो औषधि नेपालका लागि वरदान सावित हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।