शुक्रबार, चैत्र १६, २०८०

कर्मकाण्डीमा रुमलिएका नियमक निकायलाइ जनजनको प्रश्न-औषधिमा खेलवाड गर्ने अपराधीलाइ कारवाही कहिले ?

काठमाडौं कार्तिक २९ ,  औषधि व्यवस्था विभागको आँखामा छारो हाल्दै अहिले नेपाली औषधि बजारमा अनेकन आवरणमा औषधि माफिया अझ भनौ औषधि व्यवसायका नाममा अनेकन गलत धन्दा गर्न पल्केका औषधिका अपराधी यत्र तत्र सर्वत्र सल्वलाउँदै गर्दा पनि राज्य र मातहतका निकाय कर्मकाण्डी कारवाहीको नाममा मौनता साँधिरहेका छन । जसको प्रत्यक्ष फाइदा औषधि माफियाले उठाउँदै आइरहेको पाइन्छ । औषधि ऐन २०३५ अनुसार जुनसकै औषधि र औषधिजन्य वस्तुको कारोवार विक्री वितरण आयात निर्यात गर्नका लागि राज्यको नियमक निकायमा विधिवत दर्ता हुँदै नियमसंगत रुपमा गर्नु पर्ने हुन्छ । तर अहिले नेपालीबजारमा औषधिको कारोवार गर्ने कतिपय औषधि व्यवसिायीले अनेकन आवरणमा सकिन्छ भने नियमक निकायका जिम्मेवार अधिकारीलाइ आर्थिक प्रभावमा पारेर त सकिन्न भने दिन डाहदै ति अधिकारीलाइ थाङ्गमा सुताउँदै औषधिको कारोवार गर्दै आएको पाईएको छ ।

त्यसो त औषधि व्यवस्था विभागले वेलावखत जारी गर्ने गरेको सूचनालाइ आधार मान्ने हो भने पनि विभागमा दर्ता नभएका औषधि औषधिजन्य सामाग्रीको निकासी पैठारीमा वा विक्रीतिरणको नियन्त्रणका लागि विभागबाट जारी प्रमाणपत्र र सिफारिसपत्रबिना भन्सार जाँच पास नर्गन गरेको  अनुरोध  सम्वद्ध अधिकारीको आर्थिक मोह ,नजरअन्दाज प्रवृतिका कारण पनि नेपाली औषधि बजारमा दर्ता नभएका औषधि होस वा औषधिको नाममा लागु औषध समेतको कारोवार गर्ने व्यवसायीको पछिल्लो समय हाउगुजी निकै बढेको अनुमान गर्न कुनै आइतवार पर्खनु पर्दैन ।  तथापी औषधि व्यवस्था विभागले विभागमा दर्ता नभएको औषधिको विक्री वितरणको चरम चर्चा संगै बजारको निरक्षण सहित सँग अनुमति नलिइ दर्ता नभएका औषधि बिक्री भएको पाइएमा औषधिहरु जफत गरी औषधि पसलको दर्ता प्रमाणपत्र नै खारेज गरी कारवाही प्रक्रिया अघि बढाइने चेतावनी दिदै सूचना त जारी गर्यो । तर विभागको कर्मकाण्डी सूचनालाइ धोती लगाउँदै ती दर्ता विनाको औषधिको कारोवार गर्दै आर्थिक मुनाफा कमाउँन पल्केका व्यवसायी आफ्नै रफ्तारमा दर्ता नभएका औषधिको कारोवार गदै रमाइरहेका छन ।

कथम कदाचित त्यस्ता औषधिका कारण उपभोक्ताको स्वास्थ्यमा केहि समस्या देखियो भने यसको जिम्मा लिने कसले यो यक्ष प्रश्नको जवाफ सूचना जारी गर्नुमात्रै हो भने भन्नु केहि छैन । तर राज्य मातहतका नियमक निकाय जनताको स्वास्थ्य माथि उत्तरदायि हुनु पर्ने कि नपर्ने ? त्यस्तै अर्थ लाभकै कारण औषधि व्यवसायीको नाममा गैरकानुनी रुपमा दर्ता विनाको औषधि लुकाइ छिपाइ कारोवार गर्दै जनस्वास्थ्य माथि खेलवाड गर्ने ती औषधि माफिया व्यवसायीलाइ तत्काल कारवाही हुने कि नहुँने  ? यी अनुत्तरित   प्रश्नको जवाफ   सम्बन्धित मन्त्रालय र मन्त्रालय मातहतका नियमक निकाय भनिएका विभागले  दिनु पर्छ । साथै यि र यस्ता मानव स्वास्थमाथि खेलवाड गर्दै  औषधि जगतमा सल्वलाइ रहेको अपराधिक मनोवृतिका   व्यवसायीलाइ बेलैमा ठेगान लगाउँन औषधि ऐन,२०३५ को व्यवाहारत कार्यान्वयनमा प्रभाकारिता ल्याउँनु पर्छ भन्दै जनजनले अपेक्षा गरिरहेका पक्षलाइ बुझ्नु पर्छ ।

साथै अवका दिनमा पनि बिनादर्ताका यस्ता औषधि थोकमा कसले ल्याएर बिक्री गरिरहेको छ । सोबारे औषधि विभागले किटानीका साथ नाम सार्वजनिक गर्ने र कारबाहीको दायराभित्र ल्याउँदै त्यस्तो गैरकानुनी कामकारावाही गर्ने व्यवसायीमाथि कारबाही नगर्ने हो भने यो समस्या दिनानुदिन जटिल बन्दै जाने प्राय निश्चित रहेको छ । संविधानत व्यवस्था अनुरुप स्वास्थ्यलाई जनताका आधारभूत आवश्यकताका रूपमा परिभाषित गरिएअनुरुप यसको व्यवहारिक कार्यान्वयनका लागि विभाग जागरुक बन्नु पर्छ । दर्ताबिनाका औषधिबारे अव विभाग कर्मकाण्डी बन्दै मौनता साँध्न मिल्दैन । त्यस्तै यसवीचमा दर्ता विनाको औषधि व्यवसायीका बिचौलियाको रजगजलाइ पनि निमिट्यान्न पार्दै औषिध माफियाको जालो, चोरी व्यापारी तथा कालाबजारिया समुल अन्त्य गर्दै स्वस्थ्य प्रतिस्प्रर्धा सहित नेपाली जनताले गेणस्तरीय औषधिको सेवन गर्न पाउँने अधिकारलाइ अक्षुण्ण राख्नु राज्यको दायित्व हो ।

त्यसअर्थमा पनि औषधि बजारमा व्यवसायीले औषधि त उही हो, कम्पनी फरक छ भन्दै दर्ताबिनाका औषधि थाउँने प्रवृति रोक्दै बिनादर्ताका औषधि बजारबाट हटाउन अनुगमन, छानबिन र कारबाहीको दायरा फराकिलो बनाउँदै बिना हिच्किचाहट त्यस्ता गैरकानुनी रूपमा औषधि बिक्रीवितरण गर्ने व्यवसायी जो कोहि भएपनि औषधि जगतका यस्ता  धमिरारुपी अपरधीलाई कडा कानुनको दायरामा ल्याइनु पर्छ ।

यसैवीच जनस्वास्थ्यमा खेलबाड सहित दर्ता विनाको औषधिको विक्री वितरण सहित जनस्वास्थ्यमाथि खेलवाड गर्दै अर्थब्रह्मलुट गर्न पल्लेकका केहि औषधि र औषधि व्यवसायीको गैरकानुनकी हरकत हामीलाइ प्राप्त भएको छ ।  यसअघि पनि हामीले औषधि जगतसंग सम्बन्धित त्यस्ता अनेकन यर्थात सार्वजनिक गर्दै आउँने क्रममा राज्यले दिएको औषधिको आयातको भन्सार छुटमा नाम एक काम अनेक अन्र्तगत गैरकानुनी कार्य गर्दै जन स्वास्थ्य माथि खेलवाड गर्न पल्लेका यी व्यवसायीले अनेकन हर्कत आफैमा भत्सर्ना योग्य रहेको छ ।

प्रसंग हो तामिलनाडु स्थित भारती औषधि कम्पनी शफ्टजेज हेल्थकेयर प्रालिद्दारा उत्पादित एक्निशफ्ट २० नामको विशुद्ध मेडिकल औषधि राज्यको नियमक निकाय औषधि व्यवस्था विभागमा दर्ता नै नगरी निर्वादरुपमा बजारमा गैरकानुनी विक्री वितरण हुँदै आइरेको र प्रस्तुत औषधिका आयातकर्ता सुशान्त मुरारका रहेको थाहा भएको छ । शारदा ट्रेड लिंक र Truederma SA Pvt ltd आवद्ध रहनुको अलावाऔषधि व्यवसायमा महत्वपूर्ण हिस्सा ओगटेको भारतीय कम्पनी युरो लाइफ हेल्थकेएर प्रालिको नेपाल स्थित प्रमुख विक्रेता रहेका Veiovis lifescience pvt ltd नेपालको नामबाट औषधि व्यवस्था विभागको औषधि आयातकर्ताको ११९ न मा सूचिकृत भइ दर्ता लाइन्स प्राप्त गरि नेपालमा युरो लाइफ हेल्थकेयर प्रालि, द मद्रास फर्मासियुटिकल्स, MEDOCHEMIE LTD लगायतका कम्पनीबाट विभिन्न औषधि आयात गर्दै औषधिको कारोवार गर्दै आइरहेका औषधि आयातकर्ता विजय अग्रवालका साझेदार समेत रहेको बुझिएको छ ।

तर यसवीचमा बजारमा भेटिएको एक्निशफ्ट २० औषधि व्यवस्था विभागमा दर्ता नै नगरी आयातकर्ता मुरारकाले गैरकानुनी रुपमा आयात गरि निर्वाद रुपमा विक्री गर्दै आएको प्रमाण हामीले भेटेका छौ ।  औषधि ऐन २०३५ लाइनै आधार मान्ने हो भने पनि कुनै पनि औषधि विना दर्ता आयात गर्दै त्यसको विक्री वितरण गर्नु आफैमा अपराध भन्ने बुझ्दा बुझदै पनि निर्वादरुपमा यस्तो औषधिको आयात र विक्री वितरण गर्ने आयातकर्ता उपर कारवाहीका लागि नियमक निकाय विभाग मौन रहनु थप संसयको विषय भएको छ ।

स्मरण रहोस,  नेपाल सरकारले औषधिको कारोवारका लागि विधिवत विभागमा दर्ता भइ कारेवार गर्न व्यवसायीलाइ प्यान न बाट कारोवार गर्न छुट दिएको छ । तर एक्निशफ्ट २० जुन औषधि विभाग दर्ता नहुनु आफैमा गैरकानुनी त छदैछ त्यसमाथि पनि यसका आयातकर्ता व्यवसायीले भ्याटविलमा कारोवार गर्दै आइरहेका छन । ज्ञात रहोस औषधिको कारोवारका लागि भ्याट विल नभइ प्यान विल भए पुग्छ ।

प्रस्तुत औषधिको चर्चासंगै हामीले अनुसन्धान गर्दा राजधानीसिथत विभिन्न औषधि बजारमा अनुगमन गर्नेे क्रममा महाराजगञ्जस्थित डि स्क्रिन हेल्थ एण्ड रेफ्ल सेन्टरमा औषधि व्यवसायी संघ काठमाडौका महासचिव समेत रहेका शुभमान श्रेष्ठले सञ्चालन गर्नु भएको औषधि फर्माबाट प्राप्त गरेसंगै महासचिव श्रेष्ठलाइ टेलिफोन सम्पर्क गर्दै प्रस्तुत औषधिको विषयम जानकारी माग गर्दा उहाँले आफ्नो औषधि फर्मामा यसकिसिमको औषधिको विगत १ वर्ष भन्दा लामो समय यतादेखि विक्री वितरण नभएको बताए । साथै नेपालमा यस औषधिको आयात मुरारका रहेको बताउँदै थप कुरा उहाँलाइ फोन गर्न सक्ने जानकारी दिदै गर्दा हाम्रा प्रतिनिधिले श्रेष्ठकै पसलबाट भ्याटविल सहित ग्राहक बन्दै औषधि खरिद गरिसकेको थियो । विगत १ वर्ष भन्दा लामोसमय देखि कारोवार नगरेको मिडियालाइ बताएको फर्मामा सहज औषधि प्राप्त भएको अवस्था विद्यमान रहेको छ । यसबाट पनि दर्ता नभएको औषधिले कसरी बजार गर्माएको छ त्यो सहजै अनुमान गर्न सकिन्छ ।

सुन्नुहोस अडियो  : महासचिव श्रेष्ठ हाम्रा प्रतिनिधीवीच भएको संवादको अडियो हामीसंग सुरक्षीत रहेको छ ।

यस विषयमा हामीले औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पान बहादुर क्षेत्री संग सम्पर्क गर्दा उहाँले भने यसरी औषधिको दर्ता विना कारोवार गरेको प्रमाणित भएमा औषधि ऐन अनुरुप कारवाही गर्न विभाग पछि नपर्ने र त्यस्तै यसकिसिमको औषधिले प्रयोग कर्तालाइ जोखिम पुगेको अवस्थामा मुलकको अपराध संहिता अनुरुपको कारवाही हुने बताए ।

त्यस्तै औषधि उत्पादकसंघका उपाध्यक्ष समेत रहेका औषधि व्यवसायी सन्तोष बरालले गैरकानुनी रुपमा नियमक निकायमा औषधिको दर्ता नगरी कारोवार गर्ने कार्य आफैमा अपराधिक भएको बताउँदै यस्ता व्यवसायीलाइ तत्काल कारवाही हुनुपर्ने बताए । त्यस्तै औषधि व्यवस्था विभाग सम्वद्ध स्रोतका अनुसार प्रस्तुत औषधिको आयातकर्ता  विगतमा लुलिकोनाजोल नामको औषधिक प्रकरणमा मुछिएको बुझिएको छ ।

अन्तत औषधि आयातकर्ताकै सवाल भएकै कारण हामीले औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यलाइ जानकारी माग गर्दा उहाँले यस विषयमा कुनै टिप्पणी गर्न चाहनु भएन ।

जेहोस औषधि भन्ने वित्तिकै मानव स्वास्थ्य प्रत्यक्ष जोडिएको विषय भएका कारण यसमा कुनैपनि कोणबाट खेलवाड हुनै किमार्थ न्यायोचित मान्न सकिन्न । यो औषधिमाथिको मात्र नभइ तमाम औषधि प्रयोगर्ताको अपराध हो । त्यसअर्थमा पनि यी यस्ता व्यापार र व्यवसायीलाइ कानुनी दायरामा ल्याउँनु पर्छ भन्ने जनजनको माग रहेको छ । वेलैमा नियमक निकायले औषधिलाइ औषधिको व्यवस्थित संरचना अनुरुप कारोवार गर्न गराउँन पहल कदमी देखाओस नकि कर्मकाण्डी मात्र ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।