बिहिबार, चैत्र १५, २०८०

उपनिर्वाचन मनोनयन अन्र्तगत उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिदै

काठमाडौं कार्तिक २४ , निर्वाचन आयोगले आसन्न उपनिर्वाचन प्रयोजनका लागि गत कार्तिक २१ गते दर्ता भएको उम्मेदवार मनोनयनको अन्तिम नामावली आज प्रकाशिन गर्ने भएको छ ।

निर्वाचन आयोगले मंसिर १४ गते प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २, प्रदेशसभातर्फ भक्तपुरको क्षेत्र नं १ को क, दाङ निर्वाचन क्षेत्र नं ३ को ख र बागलुङ क्षेत्र नं २ को ख क्षेत्रमा हुँदै गरेको उपनिर्वाचन प्रयोजनलागि यसअघि प्रकाशित निर्वाचन कार्यक्रम अनुसारनै  उम्मेदवारीमाथि दाबी–विरोध र उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरी आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।