शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिबाट सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त, कुन प्रदेशको प्रमुखमा को ?

काठमाडौ कार्तिक १८ राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सत्तारुढदल नेकपा नेतृत्वको सरकारका मन्त्रिपरिषदको आज बसेको मन्त्रिपरिषद बैठकका सिफारिस अनुरुप राष्ट्रपति भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुखको प्रमुखलाइ नियुक्त गर्नु भएको छ ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको उल्लेख छ ।

जसअनुसार प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी (कास्की) प्रदेश प्रमुख   प्रदेश २ मा तिलक परियार (बाँके), प्रदेश ३ मा विष्णुप्रसाद प्रसाईं (झापा), गण्डकी प्रदेशमा अमिक शेरचन (चितवन) प्रदेश प्रमुखमा नियुक्त भएका छन्  भने  प्रदेश ५ मा धर्मनाथ यादव (सिराहा), कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी (बैतडी) र सुदूरपश्चिम प्रदेशमा शर्मिला कुमारी पन्त (चितवन) प्रदेश प्रमुख  नियुक्त भएका छन ।   नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण मंगलबार विहानको लागि तय भएको बुझिएको छ ।

यसअघि आइतवार बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तबमलीान काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका गरेका सातवटै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नहुन्छ ।