बिहिबार, चैत्र १५, २०८०

८ kG सुनसहित चिनियाँ नागरिकद्दय पक्राउ ,पक्राउ परेका अभियुक्त सुनको मालिक हुन् वा भरिया ? अनुसन्धान हुँदै

काठमाडौं मंसिर १३, नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोग्राम सुनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौ अवतरण गरेका चिनियाँ नागरिकद्दय चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ः४० बजे पक्राउ गरेको वि भन्सार कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार नियमित चेकजाँचका क्रममा चिनियाँ नागरिकद्दय पक्राउ परेको जनाउँदै  महानगरीय प्रहरी कार्यालयले निजहरुलाइ महानगरीय प्रहरी वृत्त गौशाला राखिएको जानकारी दिएको छ । त्यस्तै प्रहरीले पक्राउ परेका व्यक्ति सुनको मालिक हुन् वा भरिया भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।