शुक्रबार, चैत्र १६, २०८०

५२ पदको उपनिर्वाचनका लागि ५२ प्रकारका मतपत्र

काठमाडौ मंसिर ९,  निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्र र मतदाता परिचयपत्र सहित निर्वाचनसम्बन्धी सम्पूर्ण सामग्री सबै सम्बन्धीत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको जनाएको छ । त्यस्तै आयोगले निर्वाचनसम्बन्धी सामग्रीको संवेदनशीलतालाइ दृष्टिगत गर्दै ढुवानीको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । सेनाले ती सामग्री सुगमस्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरको माध्यमबाट ढुवानी गरेको गरिसकेको जानकारी दिएको छ ।

साथै आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहमा उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ समेत गरी ५२ पदका लागि हुने आसन्न उपनिर्वाचनमा ५२ नै प्रकारका मतपत्र तयार गरेको छ । प्रतिनिधिसभाको सेतो कागजमा हरियो मसीले छापिएको, प्रदेशसभाको सेतो कागजमा कालो मसीले र स्थानीय तहको सेतो कागजमा नीलो मसीले छापिएको मतपत्र रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ को मतपत्रमा ठाडोमा ६ र तेर्सो चारवटा चुनाव चिह्न छन् । त्यहाँ २१ जना उम्मेदवार रहेकाले मतपत्रमा त्यति नै संख्यामा निर्वाचन चिह्न छन् । यहाँ दलका ११ र स्वतन्त्र १० उम्मेदवार छन् ।

मतपत्रको पहिलो लहरमा सुरुमै नेकपाको सूर्य, कांग्रेसको रूख, समाजवादी पार्टीको पाँच औंलासहितको हत्केला र साझा पार्टीको तराजु चिह्न छ । दोस्रो लहरमा राप्रपाको गाई, राप्रपा (संयुक्त) को हलो, नेकपा (माले) को हँसिया र तारा, राष्ट्रिय जनमुक्ति पार्टीको घर चुनाव चिह्न छापिएका छन् । तेस्रो लहरमा मंगोल नेसनल अर्गनाइजेसनको कुखुराको भाले, नेपाली कांग्रेस (बीपी) को करुवा र देशभक्त समाज पार्टीको जरायो चिह्न छन् । त्यसपछि १० जना स्वतन्त्र उम्मेदवारका चिह्न राखिएका छन् । एवम् रितले अन्य प्रदेश सभा सदस्य र स्थानीय निकाय अन्र्तगतको उपनिर्वाचन क्षेत्रमा प्रयोग हुने मतपत्र तयार भएको जनाएको छ ।

त्यस्तै राजनीतिक दलका ९ र स्वतन्त्र १० गरी १९ जना उम्मेदवार रहेको प्रदेशसभाको भक्तपुर १ क  निर्वाचन क्षेत्रमा ठाडो पाँच र तेर्सो चारवटा चुनाव चिह्न भएको मतपत्र तयार भएको जनाउँदै आयोगले प्रस्तुत निर्वाचन क्षेत्रको मतपत्रको पहिलो लहरमा क्रमश  सूर्य, रूख, हत्केला र तराजु चिह्न छन् । दोस्रो लहरमा गाई, मादल, हँसिया तारा, दापसहितको खुकुरी, करुवा र त्यसपछि स्वतन्त्र उम्मेदवारका विभिन्न चिह्न छापिएको जानकारी दिएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।