शनिबार, बैशाख ८, २०८१

१३औँ दक्षिण एशियाली खेलकूद साग अन्र्तगत यस्तो छ खेल विवरण तालिका

काठमाडौ मंसिर ९,  दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको १३औँ दक्षिण एशियाली खेलकूद साग आउन अव केहि दिनमात्र बाँकी छँदा प्रतियोगिता अन्र्तगत कुन खेल कहिले रु र काहाँ समपन्न हुने सोको जानकारी सार्वजनिक गरिएको छ ।
सागमा नेपालबाट ५९९ जना खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । तीमध्ये पुरुष ३१२ र महिला २८७ खेलाडी रहेका साग तयारी समतिले जनाएको छ ।

त्यस्तै सार्वजनिक  खेल विवरण तालिका अनुसार  आर्चरी खेल मङ्सिर १५ देखि २३ गतेसम्म,एथलेटिक्स १७ गतेदेखि २१ गतेसम्म,स्केटबल १९ गतेदेखि २४ गतेसम्म,बक्सिङ ६ गतेदेखि २४ गतेसम्म,पुरुष क्रिकेट १७ देखि २४ गतेसम्म,महिला क्रिकेट १६ देखि २३ गतेसम्म,साइक्लिङ १७ देखि २१ गतेसम्म,फेन्सिङ २० देखि २३ गतेसम्म,पुरुष फुटबल १५ देखि २४ गतेसम्म,,महिला फुटबल १६ देखि २४ गतेसम्म,गल्फ १६ देखि १९ गतेसम्म,ह्याण्डबल १८ देखि २३ गतेसम्म,जुडो २१ देखि २४ गतेसम्म,कबड्डी १८ देखि २३ गतेसम्म,कराँते १५ देखि १८ गतेसम्म,खोखो १५ देखि १८ गतेसम्म,सुटिङ १७ देखि २२ गतेसम्म,स्क्वास २० देखि २४ गतेसम्म,पौडी १९ देखि २३ गतेसम्म,तेक्वान्दो १६ देखि १९ गतेसम्म,टेनिस १६ देखि २३ गतेसम्म,ट्रायथोलन १६ देखि १८ गतेसम्म,भलिबल ११ देखि १७ गतेसम्म,भारोत्तलन १९ देखि २२ गतेसम्म,कुस्ती २० देखि २३ गतेसम्म,उसु १६ देखि १९ गतेसम्म,टेबल टेनिस १६ देखि २० गतेसम्म हुने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।