बुधबार, बैशाख १२, २०८१

सिमा समस्या: प्रम ओलीले आव्हान गर्नु भएको सर्वपक्षीय बैठक शुरु

काठमाडौं कार्तिक २३,   भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्शामा नेपालको भूमी लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमण गरेको भन्दै नृपालमा चौतर्फी विरोध भइरहेको अवस्थालाइ सम्बोधन गर्नका लागि प्रधानमन्त्री केपी ओलीले सीमा   समस्याका   विषयमा साझा धारणा बनाउनु आवश्यक रहेको निष्कर्ष सहित  आज आव्हान गर्नु भएको सर्वपक्षीय बैठककेहि समय अघि प्रारम्भ भएको बताईएको छ ।

सर्वदलीय बैठकबाट एकतर्फी रुपमा भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको नेपाली भूभाग पारेको भन्दै नागरिक स्तरबाट मात्र नभइ सत्तारूढ नेकपा निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस निकटको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले सीमाका बारेमा भारतले सार्वजनिक गरेको नक्साको विरोध गरिरहेको अवस्था लगायतका विषयमा छलफल सहित ठोस निष्कर्षको पहिचान गर्ने बताईएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा नेपाल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा नेता भीम  रावल,   राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कमल थापालगायत सहभागी रहेको  बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।