शनिबार, बैशाख ८, २०८१

सिन्दूर जात्रासंगै सकियो चन्द्रविनायकको जात्रा

काठमाडौं कार्तिक २९, प्रत्येक वर्ष कार्तिक शुल्क पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन मनाइने उपत्यकामा रहेका चार विनायकमध्ये चाबाहिलमा रहेको चन्द्रविनायक तथा भैरव जात्रा  चाबाहिल क्षेत्रमा  मनाइएको छ । नेस ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुवात् गराएको मानिने यो जात्रा मनाउँने क्रममा पहिलो दिन देउता राख्ने धुनी जगाउने, दोस्रो दिन देउता निकाल्ने र खट उठाउने, तेस्रो दिन खट विसाउने र चौथो दिन खट उठाइ सिन्दुर जात्रा गरेर मनाइने क्रममा दिनभर चावहिल क्षेत्रमा   सिन्दूर  जात्रा गरिएको  थियो  । जात्राको क्रममा भैरव र गणेशको दर्शन गर्नाले शरीरमा आएका घाउ खटिरा निको हुने विश्वास रहिआएको छ ।

त्यसो त बोली नफुटेका बच्चालाई यो जात्रामा ल्याई दर्शन गराउँदा बोली फुट्ने त्यस्तैगरि शरीरमा आएका घाउ खटिरा निको जनविश्वास बोकेको चन्द्रविनायक तथा भैरवनाथको जात्राको पहिलो दिन कात्तिक पूर्णिमाको साँझ मन्दिर परिसरमा ठूलो धुनि बाल्ने गरिन्छ। जसलाई ताप्दा स्वास्थ्यलाभ र पुण्यलाभ मिल्ने धार्मिक मान्यता रहँदै आएको छ।

यसै दिन चाबहिल, कुटुवहालमा शाक्यहरूले कुल देवताको पूजागरी त्यहाँ रहेको जम्बक राजा(स्याल देवता)को प्रस्तर मूर्तिलाई भातले मोडी पूजाआजा गरेर मूर्तिका अगाडि धुनि जगाई रातभर जाग्राम बस्ने चलन रहँदै आएको छ। त्यस्तै जात्राको दोस्रो दिन गणेश र भैरवको रथ सजाउने र साँझ जात्रा सम्बन्धी विशेष पूजा गर्ने गरिन्छ।

सिन्दूर जात्राको रूपमा पनि चर्चित यस जात्राको तेस्रो दिनलाई मूख्य दिनका रूपमा मनाउँदै आएको छ। उक्त दिन विहान चन्द्रविनायक र भैरवनाथको खटहरू सरसफाई गर्ने, साँझ साँस्कृतिक द्धारेले पूजा गर्ने, गुठियारहरूले गजुर, गणेश र भैरवनाथको प्रतिमा ल्याई रथारोहण गराउने गरिन्छ। त्यस्तै सोही दिन बेलुकी द्वारेद्वारा गणेश र भैरवको रथमा सिन्दूर चढाएपछि स्थानीय बाजागाजा सहित गणेश र भैरवको उठाउने र नचाउने गरिन्छ। यस दिन रातभर रथहरूलाई मन्दिर वरपरका घर तथा चोकहरूमा राखेर पूजाआजा गर्ने गरिएको स्थानियवासी बताउँछन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।