मङ्लबार, बैशाख ११, २०८१

सर्वदलीय बैठकको निष्कर्ष : सरकारलाई ऐतिहासिक तथ्य र प्रमाण सहित तत्काल कूटनीतिक पहल थाल्न सुझाव

 काठमाडौं कार्तिक २३, भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्शामा नेपालको भूमी लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रण गरेको भन्दै नेपालमा चौतर्फी विरोध भइरहेको अवस्थालाइ सम्बोधन गर्नका लागि प्रधानमन्त्री केपी ओलीले सीमा   समस्याका   विषयमा साझा धारणा बनाउनु आवश्यक रहेको निष्कर्ष सहित  आज आव्हान गर्नु भएको सर्वपक्षीय बैठकले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्न आवश्यक रहेको निष्कर्षको पहिचान गरेको छ ।

प्रमको सरकारी निवास वालुवाटारमा बसेको सवएदलीय बैठकमा सहाभागी सत्तारुढदल र प्रतिपक्षीदलका नेतागणले तत्काल सरकारलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारतसँग अविलम्ब संवाद गर्न सुझाव दिदै सरकारले यसको लागि भारत सरकारसँग प्रभावकारी कूटनीतिक वार्ता अगाडि बढाउन गर्नु भएको आग्रह अनुरुप सरकारले प्रभावकारी कदम चाल्दै सरकार अघि बढ्ने भएको छ ।

यस्तै दुई देशबीच सीमालगायतका विषयमा परराष्ट्रमन्त्रीस्तरमा संयुक्त आयोगसमेत क्रियाशील रहेको अवस्थमा एकतर्फी रुपमा आएको नया परिदृष्यका सवालमा प्रधानमन्त्रीले आफ्ना भारतीय समकक्षीसँग वार्ता गर्न सक्ने बैठकको थप निष्कर्ष रहेको बताईएको छ ।साथै बैठकले सरकारले नेपाल–भारत सम्बन्धलाई प्रतिकूल प्रभाव पार्ने खालको उत्तेजना र बहकावमा नआउन आग्रह गर्दै आफ्नो राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान समेत गरेको छ ।

बैठकमा सत्तारुढदल नेकपाका तर्फबट पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड’, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता भीमबहादुर रावल र प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, राजकिशोर यादव र महेन्द्रराय यादव, पूर्वपरराष्ट्रमन्त्री पाण्डे र कमल थापा, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायत सहभागी रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।