बिहिबार, बैशाख १३, २०८१

सरकार र निजी मेडिकल कलेजबीच शुल्क फिर्ताको प्रक्रिया सुरु गर्ने यस्तो छ दुई बुँदे सहमति

काठमाडौ मंसिर ११,  सरकारले कारवाहीका अल्टिमेटन दिएको समय सिमा पूरा भएसंगै सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले र कलेज सञ्चालकलाइ ठगी मुद्धामा कारवाही गर्ने निर्णयकावीच सरकार र कलेज सञ्चालकवीच मंगंलवार भएको वार्तामा सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ ।

आफुहरुले सरकारले तोकेको शीर्षकको शुल्कभन्दा थप रकम नलिएको र बढी शुल्क लिएको भए सरकारको निर्देशनलाई मान्दै अब निजी मेडिकल कलेजहरुले यसअघि लिइएको अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया सुरु गर्ने भएको छ ।

मंगलबार दिउँसो गृह मन्त्रालय र शिक्षा मन्त्रालयबीच बुधबारसम्म अतिरिक्त शुल्क समायोजन वा फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने निर्णय गरेको थियो । गृह र शिक्षाको यस्तो निर्णयसँगै मेडिकल कलेज सञ्चालकहरु चर्को दबाबमा रहेको मन्त्रालयका सम्वद्ध अधिकारीले जनाएका छन ।

स्मरण रहोस, सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क आजसम्म फिर्ता नगर्ने कलेजलाइ ठगी मुद्धामा कारवाही गर्ने निर्णय गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।