बिहिबार, चैत्र १५, २०८०

सत्तारुढदलकै नेताद्दयबाट प्रम ओली नेतृत्वको मौजुदा मन्त्रीपरिषद हेरफेरमा कडा टिप्पणी

नेकपा नेता रावलको प्रश्न प्रम ओली नेतृत्वको मौजुदा मन्त्रीपरिषद हेरफेरमा राष्ट्रपति भण्डारीको संलग्नता किन ?
मन्त्रिमण्डल बिस्तार लेनदेनको आधार भएको नेता शाहको आरोप गम्भीर

काठमाडौ मंसिर ५ , सत्तारुढ दल नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली ले  आफु नेतृत्वको मौजुदा मन्त्री परिषदमा गरेको हेरफेरमा राष्ट्रपति विद्या भण्डारी संलग्न बनेको भन्दै कडा आपत्ती जनाएको   छ ।  पूर्वमन्त्री समेत रहेका नेता रावलले  बिहीबार ट्वीटमार्फत् रावलले ‘संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिले पार्टी पक्ष–विपक्षको राजनीति गर्ने र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो रु’ भन्ने प्रश्न मात्रै गरेका छैनन गरेका छन् ।

नेकपालाई बलियो र विजयी बनाउन रगत–पसिना बगाउने र देशका लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र कम्युनिस्ट पार्टीको उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानुन, न्याय र संसदीय मामिलाजस्ता मन्त्रालय सुम्पिनुपर्ने के बाध्यता आइलाग्यो भन्दै प्रश्न समेत गरेका छन ।

त्यस्तै नेता रावलले विगतमा कम्युनिस्ट पार्टीविरूद्ध क्रियाशील, धनबल र पुँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो रु संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त भन्ने प्रह्न गर्दै नेकपा सरकारको तर्फबाबाट भएको मन्त्रीपरिषद हेरफेरमामा समावेस भएका अनुहारप्रति लक्षित हुँदै कठा ठिप्पणी गरेको छन ।

यसैवीच मौजुदा मन्त्रिमण्डल बिस्तारप्रति नेकपाकै अर्का नेता तथा प्रदेश नम्बर २ का अध्यक्ष प्रभू साहले मन्त्रिमण्डल बिस्तार लेनदेनको आधार भएको गम्भीर आरोप लगाएका हुन्। उनले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा भएको भन्दै तिव्र आक्रोश  व्यक्त गरेका छन ।

नेता शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।’ मन्त्रीको आकांक्षी उनले योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लज्जित र्भका छौं भनेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।