बिहिबार, बैशाख १३, २०८१

विवाहपञ्चमी महोत्सवमा सहभागि हुन राष्ट्रपति भण्डारी आज जनकपुर जाँदै

काठमाडौ मंसिर १३ , रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागि हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज जनकपुरधाम जाँदै छिन् । उहाँ बिहान पौने ११ बजे नेपाली सेनाको हेलिक्पटरले जनकपुरधाम पुग्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले जनकपुर स्थित जानकी मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम संगै एतिहासिक रंगभूमि मैदान बाह्रविघा मैदानमा भारत उत्तर प्रदेशको अयोध्याबाट आएका साधुशन्तको जन्तीलाई स्वागत तथा साम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आइतबार हुने विवाहपञ्चमी महोत्सवमा सहभागि हुन यस वर्ष पनि अयोध्याबाट संयौको संख्यामा साधुसन्तको जन्ती बिहीबार जनकपुर आइपुगेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।