बुधबार, बैशाख १२, २०८१

वलात्कारका आरोपी महरा करणी मुद्दामा पुर्पक्षको लागि जेल चलान

काठमाडौ कार्तिक १८ , संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षको लागि जेल चलान भएका छन् । थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको अदालत सम्वद्ध जिम्मेवार अधिकारी ले जनाएके छ ।

अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारगार चलान गरिएको छ भने प्रस्तुत फैसलापछि महराले मुद्दाको किनारा नलागेसम्म धुनामा बस्नुपर्ने छ । त्यस्तै महराको सांसद पद समेत गुमेको छ। महराको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सविता भण्डारी बराल, शेरबहादुर केसी, कृष्णप्रसाद सापकोटा र वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नहुन्छ ।