बुधबार, बैशाख ५, २०८१

रु ५ लाख राशिको कृषितारा पुरस्कारबाट सुर्खेतका दीपेन्द्र कार्की पुरस्कृत

काठमाडौं मंसिर १२ , वर्ष ०७६को कृषितारा पुरस्कारबाट सुर्खेत जिल्ला कर्णाली प्रदेश स्थित कार्की गाइ भैसी पालन फर्म का युवा किसान दीपेन्द्र कार्कीलाइ सम्मानीत गरिएको छ । प्रमाणपत्रसहित नगद रु ५ लाख राशिको उक्त पुरस्कार नेपालस्थित इजरायली दूतावास र अवसर फाउन्डेशनले इजरायलमा कृषिसम्बन्धी पछिल्लो प्रविधीयुक्त तालिम लिई स्वदेश फर्केर कृषि उद्यममा लागेका कृषकलाइ प्रदान गर्ने लक्ष्य सहित स्थापना गरेको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले पशुपाल किसान कार्कीको प्रमुख आतिथ्तामा आयोजित पुरस्कार वितरण कार्यक्रममा अन्य सहभागी कृषक समेतलाइ प्रमाण पत्र प्रदान गर्दै प्रमुख अतिथी जिसीले नेपालको कृषि क्षेत्रको विकासका लागि मित्रराष्ट इजरायले गर्दै आएको सहयोग आफैमा महत्वपूर्ण रहेको बताउँदै आधुनिक तथा प्रविधी युक्त तालिमका लागि नेपाली कृषकलाइ सहयोग गर्न आग्रह गनुृ भएको छ । साथै उहाँले यसको लागि नेपाल सरकारको तर्फबाट समेत विशेष पहलकदमी लिने जनाउ दिदै पुरस्कृत कृषक तथा आयोजक संस्थाको तारिफगनुृ भएको थियो ।

त्यस्तै कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले नेपालको कृषि क्षत्रको विकास लागि इजरायल सरकारले सक्दो सहयोग गर्ने बताउँदै आजको मिति सम्म करिव ३हजारको सख्यामा नेपाली कृषकले तालिम लिइसकेको जानकारी दिदै भविष्यमा यो सख्या अझ वृद्धि हुने बताउँनु भएको छ।

त्यस्तै कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत डा अन्जन शाक्य पुरस्कृत कृषक छनौट समितिका सदस्य कृषि विज्ञ डा विष्णु चापागाइ, अवसर फाउन्डेशनका उपाध्यक्ष सुमन जोशी, साना किसान विकास बैंकका कार्यकारी डा शिवरामप्रसाद कोइराला लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031