बुधबार, बैशाख १२, २०८१

राष्ट्रपति भण्डारीबाट नवनियुक्त सातै प्रदेश प्रमुखलाइ शपथ

काठमाडौ कार्तिक १९,  नवनियुक्त सातै प्रदेश प्रमुखले शपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान राष्ट्रपति कार्यालय शस्तल निवासमा आयोजित एक कार्यक्रमकावीच नवनियुक्त सातै प्रदेश प्रमुखले शपथग्रहण गराउँनु भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश २, विष्णु प्रसाईंलाई प्रदेश ३, अमिक शेरचनलाई गण्डकी प्रदेश, धर्मनाथ यादवलाई प्रदेश ५, गोविन्द्र कलौनीलाई कर्णाली प्रदेश र शर्मिला त्रिपाठीलाई प्रदेश ७ नियुक्त गरेकी थिइन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुख सिफारिस गरेको थियो। सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सिफारिस गरेका सात जनालाई नै सरकारले अनुमेदन गरेको हो। शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश लगायतको उच्चपदस्थव्यक्तिको सहभागीता रहेका थियो । फोटो :राष्ट्रपतिको कार्यालय

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।