शुक्रबार, बैशाख १४, २०८१

यी हुन उपनिर्वाचनका लागि काङ्ग्रेसका उम्मेदवार

काठमाडौं कार्तिक २०,  नेपाली काङ्ग्रेसले आसन्न् मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । पार्टीको आज बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार छनौटगर्ने क्रममा  लामो रस्साकस्सी संगै आज मात्रै काङ्ग्रेसले उम्मेदवारबारे टुङ्गोमा पुगेको हो ।

जसअनुसार कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा खेमराज पौडेललाई उम्मेदवार घोषणा गरेको छ भने प्रदेशसभा सदस्य अन्र्तगत  भक्तपुर निर्वाचन क्षेत्र नं १ को क मा पार्टीका पूर्वसभापति समेत रहेका कृष्ण भँडेल, बागलुङ निर्वाचन क्षेत्र नं २ को ख मा जीप शेरचन र दाङ निर्वाचन क्षेत्र नं ३ को ख केशव आचार्यलाइ  उम्मेदवार घोषित गरेका  छन ।

त्यस्तै स्थानीय तहका खाली विभिन्न पदका लागि हुन लागेको उपनिर्वाचनका लागि पार्टीले यसअघि नै उम्मेदवार चयन गरिसकेको काँग्रेस मसख्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।